काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब माओवादी धारको एकता अनिवार्य रहेकाले माओवादी एक हुनुको बिकल्प नभएको बताउनुभएको छ ।

सोमबार नेकपा माओवादी केन्द ४ नम्वर प्रदेशको राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरुको बैठक तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले एकताका लागि आफ्नो पार्टीले पहल गरिरहेको बताउनुभयो । उहाँले जनताले फुटलाई अनुमोदन गरे पनि अस्विकार गरेकाले अब चाँडै माओवादी धारका पार्टीबीच एकता हुने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘ वैद्यजी, बाबुरामजीलगायतका साथीहरु पार्टीलाई रुपान्तरण गर्न र नयाँ बनाउन जानुभएको हो । अब नयाँ शक्तिका पूर्व माओवादी साथीहरु लगभग सबै नै आउदै हुनुहुन्छ । विप्लवभित्र र वैद्यभित्र पनि एकताका लागि दवाव परेको छ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments