मेलबर्न । नेपालबाट विदेश जानेहरुले टन्न पैसा कमाउछन् भन्ने मानसिकता छ भने नेपालबाट ल्यापटप, आइफ़ोन मगाउने प्रचलन पनि उत्तिकै छ । नेपाल बस्नेहरु विदेशमा बसिरहेकाहरुले बगाएको पसिना र उनीहरुको दु:ख बारे बेखबर जस्तै हुन्छन् ।

यही पछिल्लो अवस्थालाई व्यंग्य गर्दै अष्ट्रेलियावासी युवाले एउटा भिडियो नाटक सार्वजनिक गरेका छन् । अष्ट्रेलियाको जीवनशैली र नेपालमा बस्नेहरुको अपेक्षालाई व्यंग्यात्मक तरिकाले पस्कन खोजेको बताउँछन्, निर्माता अजय गिरि ।

युट्युबबाट सार्वजनिक भएको छोटो समयमै यस भिडियोले चर्चा बटुलेको छ।

Comments

comments