मेलबर्न । अष्ट्रेलियामा सामान्यतः फेब्रुअरी र जुलाई गरि दुई इन्टेकमा भर्ना लिने गरिन्छ । तर केही विश्वविद्यालयले सेप्टेम्वर र नोभेम्वरको महिनामा पनि भर्ना लिने गर्दछन् । यसरी थप गरिएको सेप्टेम्वर र नोभेम्वरको भर्ना समयमा भने सबै विषयको भर्ना नलिन सक्छ ।

त्यसैगरी भोकेसनल शिक्षाका लागि खुलेका प्राइभेट कलेजले हरेक दुई महिनामा नयाँ भर्ना लिने गरेका छन् । यसरी भर्ना हुने विभिन्न महिना हुँदा पनि विद्यार्थीले प्रक्रिया शुरु गर्दा कम्तीमा ६ महिना अगाडिदेखि शुरु गर्नुपर्छ । पासपोर्ट बनाउने,आइएलटिएसको तयारी कक्षा पहिलेदेखि नै शुरु गदा उपयुक्त हुन्छ ।

पछिल्लो समय अष्ट्रेलियामा आवेदन दिनेको संख्या दिनदिनै बढ्दै गएको छ । यसरी विद्यार्थीको आवेदन संख्या बढ्नुको कारण धेरै छन् ।

इक्यानका महासचिव सन्तोष प्याकुरेलका अनुसार यसको प्रमुख कारण अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीमध्ये बहुसंख्यक विद्यार्थीहरुको सकरात्मक प्रतिक्रिया हो ।

उहाँ थप्नुहुन्छ–अष्ट्रेलियामा शान्त र समृद्ध,उचित शैक्षिक वातावरण,गुणस्तरीय शिक्षा,वैज्ञानिक शिक्षण प्रणाली,पढाइसँगसँगै काम गर्न पाउने नियम,पीआर पाउने प्रवल सम्भावना,विवाहित भएमा दम्पत्ति नै जान पाउने सुविधा आदि कारणले अष्ट्रेलियामा पढ्न जानेको संख्या बढेको हो । नेपाली विद्यार्थीहरुको पनि अष्ट्रेलिया प्रमुख गन्तव्य बनिरहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments