रौतहट । जिल्लाको गरुडा नगरपालिकास्थित खाल्डोमा जमेको पानीमा नुहाउन गएका एकै परिवारका चार बालिकाको डुबेर मृत्यु भएको छ । वीरेन्द्र राजमार्गबाट जिगैडिया जाने बाटोमा पानी जमेको खाल्डोमा नुहाउने क्रममा डुबेर उनीहरुको मृत्यु भएको हो ।

सडक मर्मतका लागि डोजरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर चारैजना बालिकाको मृत्यु भएको प्रहरीले बताएको छ । सो सडक र्मिाणको ठेक्का दुर्गा निर्माण सेवाले लिएको छ । मृतक बालिका एकै परिवारका तीन दाजुभाइका छोरीहरु हुन् । मृतक चारैजनाको शव परीक्षणका लागि गौर अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मृत्यु हुनेमा गरुडा नगरपालिका–४ का राम एकवालकी छोरी १२ वर्षीया सुनिता साह र ९ वर्षीया संगीता साह, जोगेन्द्र साहकी ९ वर्षीया छोरी सनैना साह, र प्रेम साहकी १० वर्षीया छोरी सुस्मिता साह रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments