चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल विजयी हुनुभएको छ ।

शुक्रवार भएको वडा नम्बर २० को मतगणना सकिए लगत्तै शनिवार बेलुकी दाहाल निर्वाचित हुनुभएको हो । उहाँले नेकपा एमालेका उम्मेद्वार देवी ज्ञवालीलाई २ सय ३५ मतले पछाडि पार्दै विजयी हुनुभएको हो । यस्तै उप मेयरमा नेपाली काँग्रेसकी पार्वती शाह निर्वाचित हुनुभएको छ ।

गत जेठ ३१ मा भएको स्थानीय तह निर्वाचनमा मत पत्र च्यातिएपछि भरतपुरको मतगणना स्थगित भएको थियो । सर्वोच्च अदालतको आदेशपछि शुक्रवार वडा नम्बर २० मा पुनः मतदान भएको थियो ।

Comments

comments