मेलबर्न । अष्ट्रेलियामा इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीहरुको लागि उनीहरुको लक्ष्य अनुसारका विभिन्न विषय छान्न सक्छन्, जस्तै इलेक्ट्रोनिक्स, केमिकल, सिभिल, मेटेरियल, एग्रिकल्चरल, टेलीकम्युनिकेशन, बायोमेडिकल, इन्भाएरोमेंटल, एरोस्पेस, बायोमेडिकल, पेट्रोलियम, जोलोजिकल आदि । इन्जिनियरिङ टेक्निकल पद सम्म पुर्याउन सक्ने भीईटि कोर्स (भोकेसनल एजुकेसन एण्ड ट्रेनिङ ) पनि गर्न सकिन्छ । यदि इन्जिनियरको रुपमा काम गर्दै हुनुहुन्छ र करियरलाई थप उचाईमा लान चाहनुहुन्छ भने पोस्ट ग्राजुएट कोर्स गर्न सक्नुहुन्छ ।

रोजगारीको अवसर

अष्ट्रेलियामा इन्जिनियरको बढ्दो माग र दक्ष जनशक्तिको अभावले गर्दा विदेशी विद्यार्थीहरुको लागि राम्रो अवसर रहेको छ । एउटा अध्यन अनुसार अष्ट्रेलियामा इन्जिनियरको कमाई औसतमा ६०,७०५ डलर रहेको छ ।

पीआर सम्भावना

अष्ट्रेलियामा इन्जिनियरिङ गरेकाहरु पीआरमा प्राथमिकतामा पर्छन् । अष्ट्रेलियामा पढाई सकेर काम थालेकाहरुको लागि पीआर लिने प्रक्रिया सजिलो बन्छ ।

काम अनुभव

अष्ट्रेलियामा पढाई सकेपछि राम्रा कम्पनीहरुमा इन्टर्नसिप गर्न सकिन्छ । शिक्षण प्रणाली व्यवहारिक र प्रयोगात्मक हुन्छ साथै अरु थप व्यवसायिक कोर्स पनि गर्न सकिन्छ ।

व्यवसायिक मान्यता

अष्ट्रेलियामा व्यवसायिक मान्यता हासिल गरेका इन्जिनियरहरुले अमेरिका, बेलायत, हङकङ, न्यूजिल्याण्ड, क्यानाडा, र साउथ अफ्रिकामा समेत मान्यता पाउँछन् ।

–हिमालयन कङ्गारु करियर डेस्क

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments