चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १९ को मत गणना सकिएको छ । प्राप्त मत परिणाम अनुसार १९ नम्बर वडामा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ । अध्यक्षमा कांग्रेसका उम्मेद्वार कर्णबहादुर गुरुङ १ हजार ४ सय ७८ मतले विजयी हुनु भएको हो ।

१९ नम्बर वडाको मत परिणाम सार्वजनिक भएसँगै मेयर पदका लागि नेकपा एमालेका उम्मेदवार र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच २ सय २१ मतान्तर देखिएको छ । मेयर पदका लागि एमालेका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ९ सय ४६ मत प्राप्त गर्नु भएको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ४१ हजार ७ सय २५ मत प्राप्त गर्नु भएको छ । अझै २० नम्बर वडाको मत गणना गर्न बाँकी नै छ । २० नम्बर वडाको मत नै भरतपुर महानगरपालिकाको मेयरका लागि निर्णायक बन्ने छ ।

पहिलो चरण अन्तर्गत वैशाख ३१ भएको निर्वाचनको मत गणनाका क्रममा १९ नम्बर वडामा मत पत्र च्यातिएपछि विवाद उत्पन्न भई मत गणना स्थागित भएको थियो । लामो समयको विवादपछि सर्वोच्चको आदेश अनुसार शुक्रबार पुनः निर्वाचन  भएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments