मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा आज शनिवार कविता कन्सर्ट हुँदैछ ।

सोलाङ्चरको अष्ट्रेलिया निवासी युवा पुस्ता माझ निकै लोकप्रिय कवि नवराज पराजुलीको कविता वाचनसहितको कविता कन्सर्ट हुन लागेको हो । कविता कन्सर्टमा सहभागी हुन कवि नवराज पराजुली बुधवारनै मेलबर्न आइपुगेका छन् । पर्थबाट सुरु भएको उनको कविता कन्सर्टको अष्ट्रेलिया यात्रा सिड्नी, ब्रिसबेन हुँदै मेलबर्नसम्म आइपुगेको हो । कवि पराजुलीले आफ्नो कविता वाचनको शैलीले कविता पारखीहरुलाई मन्त्रमुग्ध पारिसकेका छन् । कविता कन्सर्टमा कवि पराजुलीलाई सम्यक महर्जनले बाँसुरीको धुनसँगै साथ दिनेछन् ।

मेलबर्नको थनवरी थियटरमा शनिबार दिउँसो २ बजेदेखि ४ बजेसम्म कविता कन्सर्ट हुनेछ ।

Comments

comments