काठमाडौं । नेपाल आयल निगमको  जग्गा खरिद प्रकरणमा भएको अनियमितताको छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको छ ।

निगमको जग्गा खरिद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले अनुसन्धानका लागि अख्तियारलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

लेखासमितिका सभापति डोरप्रसाद उपाध्यायले जग्गा टेन्डरमार्फत खरिद गरिएकाले विधि र प्रक्रिया मिचिएको बताउनुभयो । जग्गा प्राप्ति ऐनलाई बेवास्ता गरी टेन्डरमार्फत खरिद गर्दा व्यापक अनियमितता भएको देखिएकाले अख्तियारलाई अनुसन्धानका लागि पत्र पठाउन लागिएको उपाध्यायले बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments