‘पाठेघर क्यान्सर भएको भन्दै समाजले टाढा राख्यो’

‘पाठेघर क्यान्सर भएको भन्दै समाजले टाढा राख्यो’

कपिलवस्तु । वाणगंगा–४ डुंगाकी ३६ वर्षीया कमला पौडेल पाठेघर क्यान्सर उपचार सहयोगका लागि याचना गरिरहेकी छन् । उनका श्रीमान् नीलकण्ठ पौडेल भने साउदी जेलमा छन् ।

आर्थिक अभावका कारण वैदेशिक रोजगारीका क्रममा साउदी अरब गएका नीलकण्ठ त्यहाँ पुगेको दुई दिनमै जेल परे । सात महिनाअघि साउदी गएका उनलाई नेपाल झिकाउन कसैले पहलसमेत गरेका छैनन् ।

कमलालाई ‘श्रीमान् कुन कम्पनीबाट गएका हुन् ?’ भन्ने जानकारीसमेत छैन । नेपाल फिर्ता गराउन पहल गर्न सरकारसँग अनुरोध गरे पनि सुनवाई नभएको उनको गुनासो छ । श्रीमान विदेशी जेलमा हुनुको पीडामाथि पाठेघर क्यान्सरले उनलाई झनै थलाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments