काठमाडौँ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा शुक्रबार भएको पुनर्निर्वाचनको पछिल्लो नतिजा अनुसार ५ सय १२ मतले देवी ज्ञवाली अगाडि छन् ।

उनले ४१ हजार ५ सय ४३ मत प्राप्त गरेका छन् भने रेणु दाहालको मत ४१ हजार ३१ मत रहेको छ । १९ नम्वर वडाको १६ सय मत गणना गर्दा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दहालले मतान्तर घटाउँदै लगेकी छन् ।

उक्त वडामा शुक्रबार पुनः मतदान  भएको थियो। पहिलो चरण निर्वाचनको मतगणनामा मतपत्र च्यातिएपछि निर्वाचन आयोग र अदालतले त्यहाँ पुन मतदान गर्न भनेका थिए।

मतदान सकिएपछि बसेको सर्वदलिय बैठकले शुक्रवार रातीबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो। मतगणनास्थलमा एउटा पार्टीबाट ९ जना प्रतिनिधि छन्। त्यस्तै चार समुहमा बाँडेर मतगणना भइरहेको छ।

भरतपुर-१९ मा ३ हजार ७ सय ९७ मतदाता मध्ये २ हजार ८ सय ७० मत खसेको छ। पहिलो चरणको निर्वाचनमा भन्दा २७ मत कम खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। पहिलो चरणको निर्वाचनमा भरतपुर १९ मा २ हजार ८ सय ९७ मत खसेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments