बनेपा । काभ्रेपलाञ्चोकको साँगाबाट समेत सञ्चालनमा आएको साझा यातायातको बस स्थानीय यातायात व्यवसायीले बन्द गराउने चेतावनी दिएका छन् ।

काभ्रे मिनीबस व्यवसायी समितिको बिहीबार सम्पन्न ३९औँ साधरणसभामा साझा यातायातको बस सेवा धुलिखेलबाट पनि सञ्चालन हुने सम्भावना भएकाले यातायात व्यवसायीले एकजुट भएर प्रतिकार गर्नुपर्ने बताएका छन् ।

उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य तथा यातायात व्यवसायी सुरकृष्ण वैद्यले साझा यातायातले चिल्ला सडकमा मात्रै बस सञ्चालन गरेर नहुने उल्लेख गर्दै ग्रामीण क्षेत्रबाट पनि बस सञ्चालनको हैसियत राख्नुपर्ने बताउनुभयो । उहाँले सरकारको स्पष्ट नीति नहुँदा यातायात व्यवसायी मारमा परेको उल्लेख गर्दै निजी क्षेत्रबाट यातायात क्षेत्रमा चार खर्बको लगानी भएको छ भन्नुभयो ।

हिमाल तराई यातायात समितिका अध्यक्ष आत्माराम थापाले नगरबसको नयाँ अवधारणा ल्याएर साझा यातायातको बस सेवालाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै स्तरीय बस सेवा यातायात व्यवसायीका लागि चुनौती भएको बताउनुभयो ।

अरनिको यातायात व्यवसायीका अध्यक्ष श्याम लामाले साझा यातायातले दिने भन्दा सेवा सुविधा बढाएर बस सञ्चालन आवश्यक छ भन्नुभयो । त्यस्तै काभ्रे बस व्यवसायी सङ्घका अध्यक्ष डिलबहादुर शाहीले साझा यातायातको बस काभ्रेपलाञ्चोकका विभिन्न ठाउँबाट पनि सञ्चालन हुने भएकाले त्यसको प्रतिकार गर्नुपर्ने बताउनुभयो ।

झण्डै एक महिनादेखि साँगाबाट पनि सञ्चालन गरेको साझा यातायातले धुलिखेलबात पनि सञ्चालन गर्न स्थानीयवासीले माग गरेपछि स्थानीय तहले बजेट विनियोजनसमेत गरेको बताइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments