एजेन्सी । विश्व कीर्तिमानी मूल्यमा पिएसजी गएका नेइमारले हप्ताको ८ लाख ६५ हजार युरो ( १० करोड ५० लाख रुपैयाँ ) पारिश्रमिक पाउने छन् । उनले पिएसजीबाट करसहित वर्षको चार करोड ५० लाख युरो पारिश्रमिक पाउने भएका हुन् ।

स्पेनिस क्लब बार्सिलोनका ब्राजिलियन स्टार स्ट्राइकर नेइमार अहिलेसम्मकै धेरै रकम, २२ करोड २० लाख युरोमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित भएका छन् । अब शनिबारदेखि पिएसजीमा २५ वर्षीय नेइमारले १० नम्बर जर्सीमा खेल्नेछन् ।

पिएसजीले नेइमारसँग पाँच वर्षको सम्झौता गरेको छ । अनुबन्धित भएसँगै नेइमारले पिएसजीको महत्वपूर्ण योजनाहरुले आफू आकर्षित भएको र जस्तोसुकै चुनौती सामना गर्न तयार भएको बताएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments