चितवन । भरतपुर महानगरपालिका वडा नम्वर १९ मा स्थगित मतदान शुक्रबार पुनः शुरु भएको छ । वडा नं १९ मा ३ हजार ८ सय ९७ मतदाता छन् । यसअघि वडा नं १९ मा २ हजार ८ सय ९७ मत खसेको थियो ।

वडा नम्वर १९ मा ३ वटा मतदानस्थल तय गरिएको छ, जहाँ ६ वटा मतदान केन्द्र रहेका छन् । विहान सात बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । मतदाताहरु विहानैदेखि लामबद्ध भई मतदानमा सहभागी भएका छन् ।

मतदानकालागि सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । एउटा वडामा मात्रै एक हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका ४६१, सशस्त्र प्रहरीका २९५ जना परिचालन गरिएको छ ।

गएको जेठ १४ गते राती गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वोच्च अदालतले गएको शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि शुक्रबार चुनाव हुन लागेको हो ।

Please follow and like us:

Comments