मेलबर्न । अष्ट्रेलियाबाट ‘माया गर्छु भनी देउन ‘ भन्दै आएका छन् सिड्नीमा बसोबास गर्दै आएका गायक ईश्वर पोखरेल । गत वर्ष सार्वजनिक गरिएको उनको उडान एल्बमको गीत ‘माया गर्छु भनी देउन ” को म्युजिक भिडियो सार्वजनिक भएको हो ।

प्रदिप चापागाईंको शब्द रहेको यस गीतमा संगीतकार कल्याण सिंहको संगीत रहेको छ ।

यस म्युजिक भिडियोमा अष्ट्रेलियामा बस्दै आएका युवा निर्देशक मनोज अधिकारीको निर्देशन र सौरभ मानन्धरको छायांकन तथा प्रविन श्रेष्ठको सम्पादन रहेको छ भने प्रदिका श्रेष्ठ र निश्चल खड्काले अभिनय गरेका छन्। ईश्वरले यस अघि पनि काली मोरीले जस्ता थुप्रै चर्चित गीत पस्किसकेका छन्।

Comments

comments