नेकपा–माओवादीले प्रमुख तीन दलसमक्ष  आठबुँदे माग राखेको छ ।

कांग्रेस, एमाले र एकीकृत माओवादी शीर्ष नेताहरुसँग आज भएको छलफलमा माओवादी नेताहरुले संविधानका अन्तसबुस्तुबारे सहमतिका लागि सर्वपक्षीय भेला गर्नु पर्नेसहितको माग राखेको हो । बैद्य माओवादीको मागप्रति तीन दल सकारात्मक देखिएका छन् । तीन दलले अन्तरिक छलफल गरेर भदौ १९ गते निर्णय दिने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको वार्तामा नेपाली कांग्रेस, एमाले, एकीकृत माओवादी र माओवादीका शीर्ष नेताहरु सहभागीता रहेको थियो । संविधान सभा चुनावै बहिष्कार गरेको माओवादीले संविधान सभाको संवैधानिक राजनीतिक सम्वाद समितिसँग वार्ता नगर्ने अडान लिएपछि मुख्य दलका शीर्ष नेताहरुसँग वार्ता हुन भएको हो ।

Comments

comments