काठमाडौं । रेखा थापाको चलचित्र ‘रुद्रप्रिया’ को भिडियो गीत सार्वजनिक भएको छ। ‘चिरबिर चिरबिर चाचरी’ बोलको गीत निर्माण पक्षले बुधबार बुढा शुब्बा डिजिटल प्रालि मार्फत युट्युबमा सार्वजनिक गरेको हो।

राजनराज सिवाकोटी र गायिका मेलिना राईको स्वरमा रहेको गीतमा रेखा थापा, आर्यन सिग्देल र राजन इसान फिचरिङ भएका छन्।

कार्तिक २० गते देखी आउने रुद्रप्रियामा सात वर्षपछि कमब्याक भएका रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका रहेको छ । चलचित्रलाई ‘रुद्रप्रिया’ लाई सुदिप बबी भूपाल सिंहले निर्देशन तथा सरस्वती थापा र रमेश एमके पौडेलले निर्माण गरेका छन्।

Comments

comments