पोखरा । डेढ वर्षअघि तामझामकासाथ शिलान्यास भएको पोखरा अन्तराष्ट्रिय विमानस्थलको निमार्ण कार्य बुधबारबाट सुरू भएको छ । शिलान्यासको  १६ महिनापछि निर्माण सुरू भएको हो ।

राष्ट्रिय गौरवको यो आयोजनाको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्यक्ष कमल थापा र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादारले संयुक्तरुपमा शिलन्यास गरेका थिए ।

शिलन्याशको लामो समयसम्म निर्माण सुरू नभएको भन्दै चौथर्फी आलोचना भइरहेका बेला पर्यटन मन्त्री जितेन्द्र देवले बुधवार निर्माणको सुरुवात गरेका छन् । उनले ठेकेदार कम्पनी सिएमसीइले गरिरहेको निर्माणको कामलाई औपचारिकरूपमा सुरू गरेका हुन् । यो विमानस्थल सन् २०२१ जुलार्इ १० सम्ममा बनाइसक्ने योजना रहेको छ ।

विमानस्थल निमार्णका लागि सरकारले २२ अर्ब रूपैयाँ ऋण बाहेक साढे तीन अर्ब रुपैयाँ जग्गाको मुअव्जा बाँडिसकेको छ। सिभिल कन्स्ट्रक्सन, प्रोजेक्ट डिजाइन, विमानस्थ वरिपरि रिङरोड निमार्णका लागि छुट्याएको एक अर्ब बजेटसहित करिब पाँच अर्ब रूपैयाँ ऋण बाहेकको लगानी भइसकेको छ ।

विमानस्थल निमार्णस्थलमा सुरक्षाका लागि नेपाली सेनाको टुकडी तैनाथ भइसकेको छ । पर्यटन मन्त्री देवले विमानस्थल तोकेको समयमा बनाउन कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

४० वर्षदेखि प्रतिक्षाको विषय बनेको विमानस्थलको निर्माण सुरु भइसकेको बताउँदै सांसद रवीन्द्र अधिकारिले यो विमनस्थलको निर्माण समयमा सम्पन्न गर्न चीन र नेपाल सरकार दुवैको समान दायित्व भएकाले कुनै ढिलासुस्ती नहुने उल्लेख गर्नुभयो । संसदको विकास समितिका सभापति समेत रहनुभएका उहाँले तोकिएकै मितिमा निर्माण सम्पन्न हुनेमा आफु ढुक्क भएको बताउनुभयो ।

विमानस्थल बनाउन चिनियाँ एक्जिम बैंकले करिब २२ अर्ब रुपैयाँ ऋण नेपाल सरकारलाई दिनेछ । त्यही पैसा सरकारले नागरिक उड्ययन प्राधिकरणलाई दिएर विमानस्थल बनाइनेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले सन् २०१४ मे १२ मा चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईलाई ठेक्का दिएको थियो ।

पोखरा महनगरको वडा नं १४, १८ मा पर्ने झन्डै ३७ सय रोपनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएको । सरकारले यहाँ वि.सं. २०३१ मा र यस पटक जग्गा अधिग्रहरण गरेको हो । पोखरा विमानस्थल निर्माणका लागि सरकारले बजेटमा ५ अर्ब रुपैयाँ विनियोजना गरेको थियो । २०२९ सालमा ट्राभल एजेन्सीहरुको अन्तर्राष्ट्रिय संस्था प्यासिफिक एसोसियसन अफ ट्राभल एजेन्सी (पाटा) ले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सुझाएको थियो ।

पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय विमानस्थल चाहिने सुझावसँगै तत्कालीन अञ्चलाधीश शंकरराज पाठकको पहलमा जग्गा अधिग्रहण सुरु भएको थियो । अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मादण्ड अनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज अवतरण गर्नेछन् । २५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा अवतरण हुने विमानमा यात्रुक्षमता १ सय ६०  सम्म हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments