काठमाडौं । हाँस्यश्रृखला ‘डिठ्ठा साब’मा प्रहरीको भूमिका निर्वाह गरेर चर्चा कमाइरहेका कलाकार करण श्रेष्ठ क्रेजी यतिबेला अष्ट्रेलियामै काममा रमाइरहेका छन् ।

करिब डेढ महिना अघि फिल्म फेस्टिबल कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया पुगेका करण गायिका निशा देशारको स्वर रहेको ‘मनभरि तानाबाना’ बोलको म्युजिक भिडियो सहित अरु केही म्युजिक भिडियो समेत खेल्न सफल भएका छन् ।

कान्तिपुर टेलिभिजनको ‘डिठ्ठा साब’को पनि करणले अष्ट्रेलियामा सुटिङ गरिरहेका छन् । अष्ट्रेलिया निवासी नेपालीहरुले समेत श्रृखलामा काम गरिरहेका छन् ।

सुरेश गैरेको संगीत र प्रदिप चापागाईको शब्द तथा मनोज अधिकारिको निर्देशन रहेको ‘मनभरी तानाबाना’ अष्ट्रेलियाका विभिन्न ठाउँहरुमा खिचिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments