झापा फुटबल क्लबले एन्फा कप फुटबलमा ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङदीलाई पराजित गरेको छ ।

झापाका लागी दूबै गोल विशाल राई ए ले गरेका हुन । आज भएको उद्घाटन खेलमा मनाङलाई २–१ गोल अन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा झापाले १३ औं मिनेटमा विशालको गोलमा अग्रता लिएको थियो । मनाङको कमजोर डिफेन्सको फाइदा उठाउँदै विशालले गोल गरे । खेलको ५३ औं मिनेटमा दिपक राईले मनाङका लागि बराबरी गोल फर्काए । तर, ६८ औं मिनेटमा विशालले व्यक्तिगत दोस्रो गोल गरे ।

खेलमा थप गोल हुन सकेन र मनाङ पहिलो खेलबाटै बाहिरिएको छ । ए डिभिजनका ६ र मोफसलका दुई क्लबले सहभागिता जनाएको प्रतियोगिता नकआउटका आधारमा खेलाइनेछ । विजेताले १० लाख पाउने एन्फाले जनाएको छ ।

Comments

comments