एजेन्सी । अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले अमेरिकाले उत्तर कोरियामा शासन परिवर्तनको खोजी नगरेको स्पष्ट गरेका छन् । अमेरिकी विदेश मन्त्री टिल्लर्सनले आफ्नो देश उत्तर कोरियामा शासन वा सत्ता परिवर्तन नभइ उसले गर्दै आएको परमाणु गतिविधि नियन्त्रणको खोजीमा रहेको बताए ।

अमेरिका र उत्तर कोरियाबीच सत्रुता नरहेको स्पष्ट पार्दै टिल्लर्सनले आफ्नो देश कुनै न कुनै विन्दुमा गएर उत्तर कोरियासँग वार्ताको पक्षमा रहेको बताउनुभयो । तर रिपब्लिकन पार्टीका एक उच्च सिनेटरले भने राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियासँग युद्ध गर्ने विकल्पमा पुगेको दाबी गरेका छन् ।

उत्तर कोरियाले पछिल्लो पटक गएको शुक्रबार अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । त्यसपछि उत्तर कोरियाले अमेरिकाको सबै मूख्य क्षेत्रमा मिसाइल आक्रमण गर्न आफूहरु सक्षम रहेको दाबी गरेको थियो ।

यस्तै, कोरियाली प्रायद्विपको एकीकरण पनि आफूहरुको योजना रहेको र सेना पठाउने तयारी पनि रहेको टिल्लरसनको भनाई  छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments