चितवन । भरतपुर महानगरपालिका–१९ साउन २० गते शुक्रबार पुनः निर्वाचन हुने भएको छ ।

मंगलबार बसेको सर्वदलीय बैठकले साउन २० मा निर्वाचन गर्ने सहमति गरेका हुन् ।

निर्वाचन कार्यालय चितवनका सहायक मतदान अधिकृत गम्भीर घिमिरेका अनुसार बुधबारदेखि मौन अवधि सुरु हुनेछ ।

गत वैशाख ३१ मा भएको निर्वाचनको मतगणना जारी रहेको समयमा माओवादी केद्रका कायृकर्ताहरुले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो ।

साउन १५ गते सर्वोच्च अदालतले मतगणना स्थगित भएको ठाँउमा पुनः मतदान गर्न आदेश दिएको छ । निर्वाचन हुने भएपछि विवादित मतपत्र जलाएर नष्ट गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments