मेलबर्न । अध्ययन र अन्य कामको शिलशिलामा राप्ती अञ्चलबाट अष्ट्रेलिया आएकाहरुको एक भेलाले राप्ती समाज अष्ट्रेलिया समिति गठन गरेको छ ।

एक सदस्य पछि थप्ने गरि गठित संस्थापक समितिका अध्यक्ष नरेश रेग्मी रहेका छन । कार्य समितिमा शशांक लामिछाने उपाध्यक्ष,सन्तोष सौराग भण्डारी महासचिव ,सन्जु केसी सचिब र सन्तोष केसी कोषाध्यक्ष रहेका छन । त्यसैगरी सदस्य राजु पन्थीलाई कार्यक्रम संयोजकको जिम्मेवारी तोकिएकोछ ।

अन्य सदस्यहरुमा शान्त केसी ,रुबिना श्रेष्ठ जयप्रकाश रोका,बिनु बस्नेत,स्मृति केसी ,सुसम न्यौपाने रहेका छन । भेलाले नरेश रेग्मी ,राजु पन्थी ,सन्तोष सौराग भण्डारी सहितको ३ सदस्यीय बिधान समिति पनि गठन गरेको छ ।

Comments

comments