एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले बार्सिलोनाका स्टार स्ट्राइकर नेइमारले बार्सिलोना छाडे छाड्नु आफूहरुको समस्या कम हुने बताएका छन् । आइतबार भएको एल क्लासिकोमा रियल मड्रिड ३-२ ले हारेपछि रामोसले यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेइमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा १ सय ९० मिलियन युरोमा जाने तयारीमा छन् । सो कुरालाई इंगित गर्दै रामोसले भने, “सबैलाई आफ्नो भविष्य सोच्ने अधिकार छ, आफ्नो भविष्यलाई लिएर निर्णय गर्ने अधिकार छ, मेरो इच्छा छ, नेइमारले बार्सिलोना छाडुन्, खेलपछि मैले नेइमारसँग जर्सी पनि साटेँ । आशा गरौँ बार्सिलोनाबाट यही उनको अन्तिम खेल होस् ।’

नेइमारले आइतबार भएको एल क्लासिकोमा बार्सिलोनालाई दुई गोलका लागि सहयोग गर्दै जिताएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments