मेलबर्न । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग सिड्नीमा अन्तरक्रिया आयोजना हुने भएको छ ।

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको आयोजनामा यही अगष्ट ४ तारिखका दिन सिड्नीको मेरिल्याण्डस्थित बार्दली फंक्सन सेन्टरमा अन्तरक्रिया आयोजना हुन लागेको हो । अपरान्ह ४ बजेदेखि हुने कार्यक्रममा सहभागी हुन पाण्डेले सिड्नीवासीलाई आग्रह गरेका छन् ।

सो अवसरमा पूर्वप्रधानमन्त्री नेपालसँग अहिलेको राजनीतिक विकासक्रम, निर्वाचन र देशको विकासमा प्रवासीहरुको योगदानका विषयमा अन्तरक्रिया गर्ने बताएका छन् ।

Comments

comments