मेलबर्न । अष्ट्रेलियामा बसेर आयमूलक काम गर्ने जो कोहीले कर तिर्नुपर्छ । अष्ट्रेलिया पढ्न आउने हरेक विद्यार्थीले जागिरको सुरुवातसंगै अष्ट्रेलियाको कर कार्यालयमा दर्ता गर्नुपर्छ । दर्ता भईसकेपछि कर कार्यालयले ’ ट्याक्स फाइल नम्बर ’ दिन्छ ।

अष्ट्रेलियाकै नागरिकले त अझ विश्वको जुनसुकै ठाउँमा गरेको कामको आयको कर तिर्नुपर्छ । अन्तरराष्ट्रिय विद्यार्थीहरुले भने अष्ट्रेलियामा गरेको आम्दानीको कर बुझाउनुपर्छ । यदि विद्यार्थीले काम गरेको कम्पनीले कर काटेर तलब दिन्छ भने विद्यार्थीले कर तिर्नुपर्दैन ।

कर आम्दानी अनुसार तिर्नुपर्नेहुन्छ । बार्षिक आम्दानी १८,२०० डलरसम्म भएमा तोकिएको निश्चित दरको आधारमा तिर्नुपर्ने हुन्छ । यदि वार्षिक आम्दानी त्यो भन्दा बढी हुन्छ भने १८,२०० भन्दा माथिको आम्दानीको प्रत्येक डलरमा कर लगाइन्छ । वार्षिक १८,२०० भन्दा कम आम्दानी गर्ने विद्यार्थीहरुले कर फिर्ता दाबी गर्न सक्छन् । वार्षिक भन्नाले जुलाई १ देखि जुन ३० सम्मको एक वर्षको अवधिलाई मानिन्छ ।

-हिमालयन कङ्गारु करियर डेस्क

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments