काठमाडौं । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नं १९ मा पुनस् मतदान गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले फेरि मतदान गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्वाचन आयोगको निर्णय सदर गरेको हो । साथै सर्वोच्चले मतदान र गणनास्थलमा विशेष सुरक्षा व्यवस्था गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

सर्वोच्चको निर्णयसँगै अधिवक्ता तुलसी पाण्डेसहित त्यही वडाका सदस्य उम्मेदवार गुञ्जमान विश्वकर्माले दायर गरेको रिट निवेदन खारेज भएको छ । अब निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको १९ वडामा फेरि मतदानको मिति तोक्न निर्वाचन अधिकृतलाई आदेश दिनेछ ।

भरतपुरमा ९० वटा मतपत्र च्यातिएको भन्दै वडा नम्बर १९ मा फेरि मतदानको मिति घोषणा गर्न निर्वाचन आयोगले गत जेठमा मुख्य निर्वाचन अधिकृतलाई आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले निर्णय ‘यथास्थितिमा राख्नू’ भनी दिएको अन्तरिम आदेशसमेत निस्तेज भएको छ ।

रिट निवेदनमा मुख्य रूपमा पुनस् मतदानको निर्णय बदर गर्न माग गरिएको थियो । निवेदकहरूले नष्ट भएको भनिएको ९० मतलाई बदरको सूचीमा राख्न र मतगणनाको आदेश जारी गर्न माग गरेका थिए । उनीहरूले दोस्रो चरणको र आगामी निर्वाचनमा समेत भरतपुरको जस्तो घटना दोहोरिन सक्ने भन्दै निर्वाचन आयोगको निर्णय बदर गर्न माग गरेका थिए ।

स्थानीय तह निर्वाचन ऐनको दफा ५० को कानुनी व्यवस्थाको अपव्याख्या गरी निर्वाचन आयोगले गलत निर्णय गरेको निवेदनमा दाबी थियो । भरतपुरको घटनामा मतपत्र नष्ट गरेको भन्न नमिल्ने उल्लेख गर्दै निवेदकहरूले मतगणनास्थलमाथि अनधिकृत कब्जा भई मतपत्र नष्ट भएको तथ्य कहींकतैबाट पुष्टि नभएको दाबी गरेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments