एजेन्सी । पश्चिम बंगाल सरकारअन्तर्गत दार्जिलिङ, मिरिक, खर्साङ र कालेबुुङमा गोर्खाल्यान्डका लागि नौ दिनदेखि आमरण अनशनमा बसेका युवाले उपचारको साटो गोर्खाल्यान्ड दिन स्थानीय प्रशासनसमक्ष आग्रह गरेका छन् ।

गोर्खाल्यान्डका लागि अनशन बसेका युवालाई उपचार सेवा स्वीकार गर्न आग्रहका लागि पुगेका जिल्ला प्रशासनका अधिकारीलाई उपचारको साटो गोर्खाल्यान्ड दिन अनुरोध गरेका हुन् । कालेबुङमा अनशनरत स्टमेट रोड निवासी ४२ वर्षीय अजित रोकाको अवस्था चिन्ताजनक बनेपछि त्यहाँ पुगका सरकारका प्रतिनिधिलाई उनीहरुले अनशन पनि नतोड्ने र उपचार पनि नलिने बताएका छन् ।

कालेबुङ अस्पतालका डा.एसएन दासले रोकाको अवस्था चिन्ताजनक रहेको र जुनसुकै समयमा जे पनि हुन सक्ने जानकारी दिएका छन् । दर्जिलिङ, कालेबुङ, मिरिक र खार्साङमा अनशन बसेका १२ जना युवाको स्वास्य अवस्था नाजुक बनेको, शरीरमा पानीको मात्रा सकिँदै गएको गोर्खा जनमुक्ति मोर्चाको विद्यार्थी संगठनका प्रवक्ता सन्दीप क्षेत्रीको भनाइ छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments