नेकपा एमालेले कुनै पनि बहानामा संविधान निर्माणको कार्यतालिका परिवर्तन गर्न नहुने बताएको छ ।

हिजो सिंहदरबारमा बसेको एमालेको पदाधिकारीको बैठकले संविधानका विवादित विषयमा कार्यतालिका अनुसार भदौ २१ गतेभित्रै सहमति जुटाउनु पर्नेमा जोड दिएको हो । एमालेले सहमति गर्नुपर्ने समय साँघुरिए पनि निरन्तर छलफल गरेर विवादित विषय टुंग्याइनुपर्ने बताएको छ ।

कुनै हालतमा सहमतिमा पुग्नुपर्ने बताएको एमालेले सहमतिका लागि राज्य पुनसंरचना र संघीयताका विषयमा के कति लचकता अपनाउने भन्ने निर्णय भने गरेको छैन । बैठकपछि एमालेका उपमहासचिव विष्णु पौडेलले यस बारेमा पार्टीभित्र छलफल जारी रहेको बताउनुभयो ।

Comments

comments