मेलबर्न । अष्ट्रेलियाको लेबर पार्टीका नेता बिल सर्टनले अष्ट्रेलियालाई गणतान्त्रिक बनाउन आफूले पहल गर्ने बताएका छन् । उनले आगामी निर्वाचन आफूले जितेमा गणतान्त्रिक अष्ट्रेलियाको अभियान चलाउने बताएका हुन् ।

सर्टनले अष्ट्रेलियालाई गणतान्त्रिक बनाएर पनि रानी एलिजावेदलाई सम्मान गर्न सकिने बताएका छन् । साथै उनले अष्ट्रेलियाको नागरिकतामा देशप्रेम तथा देशको संस्कृति, मूल्य मान्यता विषयलाई उठान गरेर कडाई गर्नु र बेलायतमा बस्ने रानीलाई अष्ट्रेलियाको रानी मानेर बेलायतप्रति बफादार रहनु अष्ट्रेलिया सरकारलाई नसुहाउँदो भएको समेत बताएका छन्।

नेता सर्टनले जनताको चाहना आफूले उठान गरेको कुरा नै भए पनि त्यसको लागि जनमत गर्ने बताएका छन् । उनले अघिल्लो पटक जनताले गणतन्त्रको विपक्षमा नभई प्रस्तावित मोडलको विपक्षमा मतदान गरेको धारणा व्यक्त गरेका छन् । उनले अष्ट्रेलियन व्यक्ति नै ‘हेड अफ स्टेट’ हुनुपर्ने कुरालाई विशेष जोड दिंदै आएका छन् । स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments