मेलबर्न । अष्ट्रेलियामा केही वर्ष भित्रै पासपोर्टलाई मानिसको अनुहार पढ्ने प्रविधिले विस्थापन गर्ने भएको छ । गत बुधबार अध्यागमन मन्त्रि पिटर डटनले अष्ट्रेलिया सरकारको उक्त योजना सार्वजनिक गर्नुभएको हो ।

मन्त्रि डटनका अनुसार यसको लागि अष्ट्रेलियाका एयरपोर्टमा १०५ वटा स्मार्ट गेट बनाइनेछ । गेट निर्माणको योजना तीन वर्षे रहेको छ जसमा २२.५ मिलियन डलर बजेट लागत छुट्टाइएको छ । प्राविधिक रुपमा सजिलो र सुरक्षामा निश्चितताको लागि यस्तो योजना अगाडी बढाएको हो ।

स्मार्ट गेट संचालनमा आएपछि बाहिरबाट अष्ट्रेलिया भित्रिनेहरुले आफ्नो कागजात देखाउनुपर्ने छैन । यसको ठाउँमा उनीहरुको अनुहार स्क्यान गरिनेछ । अष्ट्रेलियामा गत वर्ष ४० मिलियन मानिस भित्रिएका थिए भने आउने वर्षहरुमा यो संख्यामा अझ वृद्धि हुने अनुमान गरिएको छ । स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments