भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरापर्व उमा महेश्वरसहित दुबोको पूजा गरेर आज वैदिक सनातन हिन्दू नारीले मनाउँदै छन् ।

विशेषगरी सुदूरपश्चिम र मध्यपश्चिमका नारीले यो पर्व मनाउने गरेका छन् । भाद्र शुक्ल अष्टमी अगाडि नै अगस्ति ऋषिको उदय भएको अवस्थामा भने भाद्र कृष्ण अष्टमी अर्थात श्रीकृष्ण जन्माष्टमीकै दिनमा गौरापर्व मनाउनुपर्नेमा यस वर्ष अगस्ति ऋषिको उदय यही भदौ १९ गते दशमी तिथिका दिनमा हुने भएकाले त्यस पूर्व भाद्र शुक्ल अष्टमीका दिनमा गौरापर्व मनाउन मिल्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुबो जसरी फैलिन्छ त्यसरी नै सन्तान दर सन्तान फैलियून् भन्ने कामनाले यो पर्वमा उमामहेश्वरको पूजा, उपासना र व्रतसमेत गरिने धार्मिक नियम छ ।

Please follow and like us:

Comments