काठमाडौं । २० वर्ष पुराना सवारीसाधनले प्रदुषण र दुर्घटना बढाएको भन्दै उपत्यकाबाट बिस्थापित गर्ने सरकारी निर्णय प्रभावकारीरुपमा कार्यान्वयन हुन सकेको छैन । यातायात ब्यवस्था विभागले स्क्र्याप(पत्रु) गर्नुको साटो निषेध गर्ने नीति लिएपछि २० वर्ष पुराना सवारीसाधन विस्थापित गर्न कठिनाइ भएको हो ।

सरकारले १८ फागुन ०७१ मा राजपत्रमा सूचना प्रकाशित गर्दै २० वर्ष पूरा भएका सार्वजनिक सवारीसाधनहरु २ वर्षमा पत्रु गर्नुको साटो विभागले ०७३ फागुन १८ बाट उपत्यकाभित्र त्यस्ता सवारीसाधनलाई पुर्णरुपमा रोक लगाउने घोषणा गरेको थियो । पुराना सवारीसाधन पत्रु गर्ने विषयमा भने विभागलसाग कुनै कार्ययोजना छैन ।

त्यतिमात्र होइन, विभागसँग हालसम्म त्यस्ता सवारीसाधनको संख्या कति छ भन्ने यकिन तथ्यांक पनि छैन ।  विभागका अनुसार उपत्यकामा २० वर्ष पुराना सार्वजनिक सवारीसाधनको अनुमानित संखया भने २५ सयभन्दा बढी छ । त्यस्ता गाडीका रुट परमिट, दर्ता, नामसारी र नवीकरणमा भने रोक लगाइएको छ ।

यता यातायात ब्यवसायीहरुले भने पुराना गाडी बिस्थापित गर्न अफूहरु तयार रहेको तर, नयाँ किन्दा त्यसबापत केही सहुलियत पाउनुपर्ने माग राखेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments