काठमाडौं । बाहिर चिया पसल छ । भित्र कोठाहरू छन् । नयाँबस्तीको त्यो चिया पसल खासै राम्रो नभए पनि बेलुका अबेरसम्म त्यहाँ चहलपहल भइरहन्छ ।

स्थानीयलाई त्यो चहलपहल निकै शंकास्पद लाग्दै आएको थियो । बिहीबार प्रहरीले त्यहाँको चहलपहलको रहस्य बाहिर ल्याएको छ । खासमा त्यो चिया पसल नभई वेश्यावृत्ति सञ्चालन हुने कोठी थियो । महानगरीय प्रहरी वृत्त बौद्धले बिहीबार बेलुका नयाँबस्ती र नारायणटारमा सञ्चालित तीनवटा त्यस्ता कोठीमा छापा मारी सञ्चालक, वेश्यावृत्तिमा संलग्न युवती र ग्राहकलाई पक्राउ गरेको छ । सञ्चालक तीन, आठ युवती र पाँचजना ग्राहकलाई पक्राउ गरिएको बौद्ध वृत्तका डिएसपी अच्युत पुडासैनीले जानकारी दिए ।

डिएसपी पुडासैनीका अनुसार कोठी सञ्चालकहरू निमा तामाङ, सुवास केसी र प्रकाश भुजेललाई पक्राउ गरिएको छ । ‘कोठी नै चलाएर वेश्यावृत्ति हुने रहेछ,’ डिएसपी पुडासैनीले भने, ‘पक्राउ परेकामाथि मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाइएको छ ।’ प्रहरीले छापा हान्ने क्रममा केही ग्राहकहरू भागेका थिए । बाहिरबाट ताल्चा लगाएर भित्र वेश्वावृत्ति हुने गरेको डिएसपी पुडासैनीले बताए । पक्राउ परेका युवती गरिब परिवारका भएको र उनीहरूलाई रोजगारीको प्रलोभनमा विभिन्न जिल्लाबाट काठमाडौं ल्याएर वेश्यावृत्तिमा लगाइएको प्रहरीले जनाएको छ । तर, उनीहरूले राजीखुसीमै यस्तो पेसामा लागेको भन्दै सञ्चालकविरुद्ध जाहेरी दिन मानेका छैनन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments