काठमाडौँ । बाज्रिलका चर्चित खेलाडी नेमार स्पेनिस क्लब बार्सिलोनाका आफ्ना एक सहकर्मीसँग कुटाकुटमा उत्रिएका छन् ।

समर ट्रान्सफर विन्डो चलिरहेका बेला १९५ मिलियन युरोमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनमा जान लागेको समाचारले विश्व खेल जगत तातिरहेका बेला नेमार आफ्ना सहकर्मीसँग कुटाकुटमा उत्रिएका हुन् ।

बेलायतको चर्चित अनलाइन डेली मेलले नेमार र बार्सिलोनाका अर्का सहकर्मीबीच अमेरिकाको मियामीमा जारी प्रिसिजन तालिमका क्रममा कुटाकुट भएको भिडियोसहितको समाचार शुक्रबार प्रकाशित गरेको छ ।

डेली मेलका अनुसार नेमार र बनेफिकाबाट यसै सिजन बार्सिलोना आएका उनका सहकर्मी नेल्सोन सेमेडोबीच कुटाकुट भएको हो ।

दुईजनाबीच हात हालाहाल भएपछि ट्रेनिङ ग्राउन्डमै रहेका बार्साका मिडफिल्डर जाभिएर मास्चेरानो र सर्जियो बुस्केकले उनीहरुलाई छुट्याएका थिए ।

झगडाका क्रममा छुट्याएपछि पछि नेमार रिसाउँदै हिँडेका थिए । रिसाएका नेमार ग्राउन्डमा बललार्इ लात्ती हान्दै हिँडेको दृश्य भिडियोमा देख्न सकिन्छ ।

स्पेनिस जायन्ट बार्सिलोनाबाट कीर्तिमानी मूल्यमा पीएसजी जान लागेको चर्चा चलेसँगै नेमार विवादमा परिरहेका छन् । उनलाई रोक्न बार्सिलोनाले हरसम्भव प्रयास गरिरहेको छ । तर नेमार र पीएसजीबीच स्थानान्तरणका लागि प्राराम्भिक चरणको सम्झौता भइसकेको बताइन्छ ।

 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments