काठमाडौं । साताव्यापी चीनको तिब्बत भ्रमण सकेर स्वदेश फर्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले राष्ट्रिय जनता पार्टी (राजपा) लार्इ सिध्याएको आरोप लगाउनु भएको छ ।

शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले यस्तो आरोप लगाउनुभएको हो । ‘राजपाका माग पुरा पनि नगर्ने, प्रभावकारी छलफल पनि नगर्ने, सधैँ दमन मात्र गर्ने कांग्रेसको खराब दाउपेच राजपाले समयमै नबुझ्दा समस्या  भयो’, उहाँले भन्नुभयो ।

ओलीले कांग्रेसको दाउपेचले मुलुक सधैँ अस्थिर रहन नसक्ने बताउनुभयो । ‘मुलुकमा सधैँ राजनीतिक अस्थिरता रहन सक्दैन’, उहाँले थप्नुभयो, ‘यो समयमा कांग्रेसले दाउपेच नहेरी छलफलबाट समस्या समाधान गर्न लाग्नुपर्छ ।’

उहाँले असोज २ गते हुने २ नम्बर प्रदेशमा हुने स्थानीय तह निर्वाचनमा राजपा जसरी पनि सहभागी हुनैपर्ने बताउनुभयो । ‘अहिले कांग्रेसको चाहना भनेको राजपालाई बाहिर राख्ने नै हो । यस्तो नगर्न म उहाँहरुलाई आग्रह गर्दछु’, उहाँले भन्नुभयो, ‘कांग्रेसले दमन गरेको थाहा नपाउने र सधैँ एमालेको विरोध गर्नाले राजपालाई नोक्सान हुँदैछ।’

पत्रकार सम्मेलनमा माघ सात गते भित्र तीनै चरणको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगलाई उहाँले आग्रह गर्नुभयो । ‘त्यो समयसम्म प्रतिनिधिसभाको चुनाव कुनै पनि हालतमा गर्नैपर्छ’, ओलीले जिकिर गर्नुभयो, ‘एकै पटक पनि गर्न सकिन्छ । नसके पहिला प्रतिनिधिसभाको हुनुपर्छ ।’

संविधान कार्यान्वयनका लागि धेरै समय नभएकाले संकट निम्तन नदिन सबै सजग हुनुपर्ने उहाँको धारणा थियो । ‘हामीसँग धेरै समय छैन । समयमै निर्वाचन नगरेमा संवैधानीक संकट निम्तन सक्छ, यस्तो हुन दिनुहुन्न ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments