इस्लामावाद । पनामा पेपर लिक्समा जोडिएको भ्रष्टाचारकाण्डमा दोषी ठहर भइ अदालतबाट अयोग्य ठहरिएपछि पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले पदबाट राजीनामा दिएका छन् ।

पाकिस्तानी उच्च अदालतले शुक्रबार शरिफलार्इ दोषी ठहर गरेपछि शरिफले तत्कालै राजीनामा दिनुभएको पाकिस्तानी पत्रिका डनको अनलाइन संस्करणले जनाएको छ ।

उच्च अदालतको ५ जना न्यायाधीशको बेन्चले नवाज शरिफ दोषी भएको फैसला सुनाउँदै तत्काल पद छाड्न भनेको थियो । अदालतको  आदेश लगत्तै उहाँको राजीनामा आएको हो ।

पाकिस्तानको उच्च अदालते नेशनल एकाउन्टबिलिटी ब्यूरो (एनएबी) लार्इ नवाज शरिफ र उनका परिवारविरूद्ध मुद्दा दायर गर्न पनि आदेश दिएको थियो ।

शरिफका परिवारको विदेशमा सम्पत्ति राखेको आरोपको पनि जाँचका लागि संयुक्त जाँच दलको गरेको थियो ।  जोइन्ट इन्भेस्टिगेसन टीमले १० जुलार्इमा आफ्नो रिपोर्ट अदालतलार्इ बुझाएको थियो । रिपोर्टमा शरिफ र उनका छोराछोरीको रहनसहन उनको आयस्रोत अनुसार नभएको उल्लेख थियो । रिपोर्टमा उनीविरूद्ध   भ्रष्टाचारको नयाँ मामिला दर्ता गर्न पनि सुझाइएको थियो ।

नवाज शरिफको राजीनामा पछि उनका कान्छा भाइ शहबाज शरिफ नयाँ प्रधानमन्त्री बन्नेछन् । मिडिया रिपोर्ट अनुसार शरिफ पनामा पेपर्स मामिलामा भ्रष्टाचार र मनी लन्ड्रिङ्गका लागि अदालतबाट अयोग्य ठहरिएपछि उनका भाइ एवम् पञ्जाब प्रान्तका मुख्यमन्त्री शहबाज प्रधानमन्त्री बन्नेछन् ।

शहबाज पाकिस्तानी संसदको तल्लो सदन नेशनल एसेम्बलीका सदस्य छैनन् । जसका कारण उनले तत्काल दाजुको स्थान लिन पाउने छैनन्, त्यसका लागि उनले चुनाव लड्नु पर्नेछ । पाकिस्तानी च्यानल जियो न्युजले सुत्रलार्इ उधृत गर्दै शहबाज उपचुनावमा चुनिने बेलासम्म रक्षा मन्त्री ख्वाजा आसिफले ४५ दिनका लागि अन्तरिम प्रधानमन्त्रीका रूपमा काम गर्नेछन् । यो निर्णय सत्तारूढ पाकिस्तान मुस्लिम लीगको उच्चस्तरीय बैठकमा लिइएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments