काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको  शुक्रबार बसेको पदाधिकारी बैठकले  वर्तमान सरकारमा सहभागी नहुने निर्णय गरेको छ । बैठकले, संबिधान संशोधन प्रस्तावको सम्बन्धमा सत्तारुढ दल नै इमान्दार नदेखिएको र राजनीतिक शक्तिलाई विश्वासमा लिन नखोजेको निष्कर्ष निकाल्दै राप्रपाले सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

बैठकले सरकारको संबिधान संशोधन प्रस्ताव अब अन्यौलमा रहेको भन्दै संशोधनका विषयमा के गर्ने भन्नेबारेमा भने अर्काे बैठकले निर्णय गर्ने केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिनुभयो । बैठकले पार्टीको संगठन सुदृढिकरणको लागि भन्दै पार्टीको प्रदेश अधिवेशन भदौ मसान्तसम्ममा सम्पन्न गर्ने निर्णय पनि गरेको सदस्य श्रेष्ठले बताउनुभयो ।

प्रदेश नम्बर १ को अधिवेशन झापामा,  प्रदेश २ को स्थानीय तहको तेश्रो चरणको निर्वाचनपछि, प्रदेश नम्बर ३ को अधिवेशन हेटौंडामा, ४ को पोखरामा, ५ को नेपालगञ्जमा, ६ को सुर्खेतमा र प्रदेश नम्बर ७ को अधिवेशन कञ्चनपुरमा भदौ मसान्तभित्रै गर्ने बैठकले निर्णय गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments