कास्की । कास्की र लमजुङ जोड्ने रुदी खोलाको अस्थायी मोटरेबल पुल बिहीबार दिउँसो भाँचिँदा यात्रुबाहक बस खोलामा खसेको छ । दुर्घटनामा दुई यात्रुको मृत्यु भएको छ, एक बेपत्ता छन् । गम्भीर घाइते बनेका १६ यात्रुको पोखराको मणिपाल अस्पताल र ९ को गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी समीरचन्द्र खरेलका अनुसार बाराको फेता गाउँपालिका–६ का २२ वर्षीय विनोद मण्डल र लमजुङ कोलासोथर गाउँपालिका–९ का ५० वर्षीय खेमबहादुर गुरुङको मृत्यु भएको छ । बसले च्यापिएको अवस्थामा उनीहरू शव निकालिएको छ । त्यस्तै, पोखरा–लेखनाथ महानगरपालिका–३० का ५५ वर्षीय घाइने विक बेपत्ता छन् ।

पोखराबाट बालुवाबेसी जाँदै गरेको ना.५ख ६३९५ नम्बरको बस दिउँसो १ बजेतिर पुल भाँचिएपछि खोलामा खसेको थियो । बसमा ३५ यात्रु सवार थिए । डिएसपी खरेलका अनुसार अस्थायी पुलले गाडीको भार थेग्न नसकेका कारण भाँचिएको हो । ‘पुलमा प्रयोग भएका सबै सामान अस्थायी खालका रहेछन्, भार थेग्न नसकेपछि भाँचियो,’ उनले भने ।

राति अबेरसम्म पनि खोलाबाट बस झिक्न सकिएको छैन । राति भइसकेकाले गाडी झिक्ने काम हुन नसककेको डिएसपी खरेलले बताए । घटनास्थलमा नेपाल प्रहरीका ३० र सशस्त्र प्रहरीका २१ सुरक्षाकर्मी परिचालित छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments