काठमाडौं । दुई नम्बर प्रदेशमा असाज २ मा हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनमा कम्तीमा ३० सिट जित्ने नयाँ शक्ति नेपालले दाबी गरेको छ ।

नयाँ शक्तिका केन्द्रीय सदस्य तथा सप्तरीका नेता कृष्णकुमार गुप्ताले २ नम्बर प्रदेशका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट प्रभावित भएको बताउनु भयो ।

‘त्यहाँका बासिन्दाले अरु नेता भन्दा बाबुराम राम्रो मान्छन्’ प्रदेश परिषद् सदस्यहरुको भेलामा सहभागी गुप्ताले जनता समाचारसँग भन्नुभयो, आठ वटै जिल्लामा हाम्रो राम्रो छ ।

सबैतिरबाट चुनाव जितिन्छ भन्ने खबर आएको छ । २ नम्बर प्रदेशमा एक सय २७ तह छ, त्यसमध्ये ३० देखि ४० वटा हामीले जिल्छौ ।’ यसअघिको दुई चरण निर्वाचनमा नयाँ शक्तिले  १ स्थान मात्र जितेको छ ।

संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले संघीय समाजवादी फोरमसँगको एकता प्रयास जारी रहेको बताउनु भयो । ‘एकता पूर्ण रुपमा टुटिसकेको छैन’ उहाँले भन्नुभयो, पार्टीको नाम, चुनाव चिन्ह र पदाधिकारी बाँडफाँडमा कुरा नमिल्दा तत्काललाई स्थगित भएको हो ।

एकताको लागि हामी फेरि आन्तरिक छलफलमा छौं, उहाँहरुले  छलफल गरिरहनु भएको छ ।’ असफल भएको हो । नयाँ शक्तिले एकताका लागि फेरि प्रयास गर्ने योजना बनाएको छ ।

बुद्धनगरमा साउन ९ देखि सुरु भएको बैठकमा केन्द्रीय पदाधिकारी र संघीय परिषद् सदस्यहरुसहित गरी करिब एक हजार सहभागी छन् । बैठकले पार्टीको महाधिवेशन र संघ तथा प्रदेशको निर्वाचन बारेमा रणनीति तय गर्ने नयाँ शक्तिले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments