एजेन्सी । हाम्रो समाजमा तीन वा चार महिलासंग विवाह गर्ने पुरुषहरु सामान्यतः देखिरहेका हौँ । तर क्यानडामा २० जना महिलासँग विवाह गरेर १२५ सन्तानका बाबु बनेका व्यक्ति जेल चलान भएका छन् । बहुविवाहको आरोपमा दोषी ठहरिएपछि उनी अर्थात विन्स्टोन ब्ल्याकमोरलाई जेल चलान गरिएको हो ।

ब्ल्याकमोरसंगै पाँचजना महिलासँग विवाह गरी २१ सन्तानका बाबु बनेका अर्का व्यक्ति मेरियन ओलेरलाई पनि जेल चलान गरिएको छ । क्यानडामा संविधानले दिएको धार्मिक स्वतन्त्रताअनुसार बहुविवाह गर्न छुट दिइएको कारण त्यहाँको सरकारले सन् २०११ मा आरोप लागेका उनीहरुलाई दोषी सावित गर्न सकिएको थिएन ।

अन्त्यमा क्यानडमा १२७ वर्षअघि लागू भएको ‘एफएलडिएस’ कानुनलाई आधार बनाइएपछि उनीहरु जेल चलान भएका हुन् । उक्त कानुनमा धार्मिक स्वतन्त्रताको नाममा समाजमा हिंसा भड्काउन बहुविवाह गर्नु अपराध हुने कुरा उल्लेख गरेको भेटिएको र उनीहरु दुबैले बहुविवाह गरेको स्वीकारेकाले फैसला सुनाइएको ब्रिटिस कोलम्बिया प्रान्तका न्यायाधीश शेरी एन डोनेगन प्रेस्डले बताएका छन् । उक्त कानू अनुसार उनीहरुले अधिकतम पाँच वर्ष जेल भुक्तान गर्नुपर्ने हुन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments