मेलबर्न । चलचित्र छक्कापञ्जा २ को गीत ए दाजु नसमाउको आधिकारितालाई लिएर चुलिएको विवाद अझै मत्थर भैसकेको छैन । तर यो विवादले गीतको लोकप्रियतासँगै चलचित्रको प्रोमोशनमा समेत टेवा पुगेको छ । रिलिज भएको एक साता नपुग्दै नेपालको युट्युव ट्रेण्डिङको शीर्ष स्थानमा परेको ए दाजु नसमाउ अष्ट्रेलिया र खाँडी देशहरुमा समेत ट्रेण्डिङमा परेको छ । अष्ट्रेलियामा यो गीत युट्युव ट्रेन्डिङको ३७ र्औं नम्बरमा रहेको छ ।

पछिल्लो समय नेपाली चलचित्रको राम्रो बजारका रुपमा चिनिएको अष्ट्रेलियामा छक्कापञ्जा २ को यो गीतले पाएको लोकप्रियताले यो फिल्मप्रति अष्ट्रेलियाका नेपाली दर्शकहरु निकै व्यग्र छन् भन्ने पुष्टि भएको छ ।

दीपकराज गिरी र उनका साथीहरुले मिलेर निर्माण गरेको छक्कापञ्जा २ को निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् ।

Comments

comments