काठमाडौं । विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले रवीन्द्र मिश्रको साझा पार्टीमा विवेकशील दल गाभिएकोमा असन्तुष्टि व्यक्त गरेकी छन् । यसैकारण उनले एकता घोषणा कार्यक्रम नै बहिष्कार गरेको आशंका गरिएको छ । यसबारेमा कुरा गर्न रञ्जुको मोबाइल नम्बरमा सम्पर्क गर्न खोज्दा उनले उठाइनन् । पछि पुनः सम्पर्क गर्दा मोबाइल स्वीच अफ थियो ।

बानेश्वरमा बुधवार भएको विवेकशील र साझा पार्टीबीचको एकता घोषणा कार्यक्रममा रञ्जु दर्शना अनुपस्थित रहिन् । विवेकशील पार्टीकी आकर्षण बनेकी उनी कार्यक्रममा उपस्थित नहुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

यद्यपी पार्टी एकतापछि बनेको विवेकशील साझा पार्टीको केन्द्रीय समितिमा उनको नाम समावेश गरिएको छ । विवेकशीलको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर एकाएक चर्चामा आएकी उनले २३ हजार बढी भोट ल्याएकी थिइन् ।

यद्यपि यसबारेमा रञ्जुले कुनै औपचारिक धारणा भने सार्वजनिक गरेकी छैनन् ।

Comments

comments