एजेन्सी । बलिउडकी ‘दवंग गर्ल’ अर्थात् नायिका सोनाक्षी सिन्हा विवाह बन्धनमा बाँधिने भएकी छिन् । बलिउड लाइफ डटकमका अनुसार सोनाक्षी सिन्हाले आफ्नो प्रेमी बन्टी सचदेवसँग विवाह गर्ने तयारी गरेकी हुन् ।

उनीहरु लामो समयदेखि एक आर्कालाई डेट गरिरहेका छन् । सोनाक्षी आफ्नो हातमा रहेको प्रोजेक्ट चाडो भन्दा चाडो सकेर विवाहको तयारीमा लाग्ने कोसिसमा रहेको स्रोतले जनाएको छ । केहि समय पहिले बन्टीले सोनाक्षीलाई विवाहको लागि प्रस्ताव गरेका थिए । जुन प्रस्तावलाई सोनाक्षीले स्विकार गर्दै विवाह गर्ने सहमति दिएकी थिइन् ।

तर यता सोनाक्षीको कार्य व्यस्ततालाई हेर्दा उनले छिट्टै विवाह गर्ने सम्भावना भने एकदमै न्युन रहेको बताईएको छ ।

Comments

comments