काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बिहान बसेको केन्द्रीय र्यालयको बैठकले गिरिराजमणी पोखरेललाई स्वास्थ्य मन्त्रालय र महेन्द्रबहादुर शाहीलाई उर्जा मन्त्रालयसहित ६ जनालाई सरकारमा पठाउने निर्णय गरेको हो ।

माओवादी केन्द्रले प्रदेश नम्बर १ बाट शिवकुमार मण्डल, २ बाट गिरीराजमणी पोखरेल, ४ बाट आशा खनाल कोइराला, प्रदेश नम्बर ५ बाट शान्तकुमार चौधरी र ६ नम्बर प्रदेशबाट टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाहीलाई मन्त्रीमा पाठाउने निर्णय गरेको प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो ।

यसैगरी रामसिंह यादव, शम्भु श्रेष्ठ र जाकिर हुसेनलाई राज्यमन्त्री बनाउने निर्णय भइसकेको र बाँकी राज्यमन्त्रीको नाम सपथ ग्रहण हुने समयसम्ममा टुंगो लागिसक्ने माओवादी केन्द्रले जनाएको छ ।

माओवादीबाट यसअघि नै कृष्णबहादुर महरा उपप्रधानमन्त्री सहित पराराष्ट्र मन्त्री, जनार्दन शर्मा गृहमन्त्री र प्रभु साह शहरी विकास मन्त्री भइसक्नु भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments