काठमाडौं । समोसा भोक र स्वाद दुवैको लागि राम्रो साथी हो । घरमा आफैले बनाएको समोसा स्वस्थबर्द्धक समेत हुन्छ । यहाँ समोसा बनाउने विधिको चर्चा गरिएको छ :

रोटीको लागि
मैदा : २०० ग्रा
तेल : ४० ग्रा
नुन : १० ग्रा
स्टफको लागि
आलु : १/२ के.जी, हरियो खुर्सानी : २ वटा,
प्याज : १५० ग्रा
तोरी वा रायो : १÷४ चिया चम्चा, कागती १ चिया चम्चा
काजु : १ टेबल चम्चा, किसमिस : १ टेबल चम्चा,
धनियाको धुलो वा गेडा १ चिया चम्चा,
सब्जी मसला १ चिया चम्चा

पकाउने विधि : मैदामा तेलले मोलेर नुन मिसाएको पानी अलि अलि राख्दै मुछ्ने र एउटा भाडोमा छोपेर १/२ देखि १ घण्टा राख्ने । उसिनेको आलु मसिनो टुक्रा पार्ने, प्याज र हरियो खुर्सानी मसिनो चप गरेर काट्ने । १ टेबल चम्चा तेल तताएर त्यसमा रायो वा तोरीको संगै धनियाको गेडा पड्काउने । बेसार हालिसकेपछि काजु, किसमिस, नुन राखेर राम्ररी चलाउने र अन्तिममा कागतीको रस १/२ चिया चम्चा मिसाएर आगोबाट निकाल्ने पिठो राम्ररी मुछ्ने र त्यसलाई सानो सानो डल्लो बनाउने ३ १÷२ को गोलाईमा बेल्ने र बिचबाट काट्ने र कोण बनाउने । कोणभित्र आलु हालेर बन्द गर्ने । बन्द गर्दा दुबै पट्टि पानी हालेर बन्द गर्ने । तेलमा सुनौलो नभएसम्म मध्यम आचमा पकाउने चट्नी वा सससंग तातै सर्भ गर्ने ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments