मेलबर्न । अष्ट्रेलियाका स्रोत तथा उत्तरी अष्ट्रेलियाकी लागि मन्त्रि रहेका मत्थेव क्यानाभान ले राजीनामा दिएका छन् । दोहोरो नागरिकता भएका कारण उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

क्यानाभान २५ वर्षको हुँदा उनकी आमाले इटालीको नागरिकताको लागि निवेदन दिएको उनले बताएका छन् । मन्त्रि पदबाट राजीनामा दिएपनि इटालीको नागरिकतामा आफूले हस्ताक्षर नगरेको र त्यहाँको नागरिकता सम्बन्धि प्रावधान आफूलाई थाहा नभएको भन्दै उनले संसदबाट भने राजीनामा दिएका छैनन् ।

अष्ट्रेलियामा दोहोरो नागरिकता लिएकाहरु संसद तथा सरकारको कुनै पनि पदमा रहन पाउंदैनन् । अष्ट्रेलियामा पछिल्लो समयमा नै ३६ वर्षीय क्यानाभान दोहोरो नागरिकताका कारण राजीनामा दिने तेस्रो राजनीतिज्ञ हुन् । स्रोत 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments