काठमाडौं । बक्सिङका राष्ट्रिय च्याम्पिएन सुशिल थापामगरको दैनिकी विभिन्न निकाय धाउनमै बित्ने गरेको छ । आमा–बाुवाको नागरिकता र ठेगाना नहुँदा नागरिकता पाउनबाट वञ्चित हुँदै आएका सुशिलले विभिन्न निकायमा धाउँदा पनि नागरिककता पाउन सकेका छैनन् ।

गत चैत १५ गते अन्नपूर्ण पोस्ट्मा सातौँ राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता सुशिल नागरिकता पाउन नसकेको विषयमा समाचार प्रकाशित भएपछि तत्कालीन उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले उनलाई नागरिकता दिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । तर, सुशिलले पटकपटक विभिन्न निकायमा धाउँदा पनि नागरिकता पाउन सकेका छैनन् ।

२०७१ सालमा बुवा बितेपछि नागरिकता पाउने आश गुमाएका सुशीलले गृहमन्त्रीको आश्वासनपछि नागरिकता पाउने आशा गरेका थिए । तर, धेरै पटक सम्बन्धित निकायमा धाउँदा पनि कर्मचारीतन्त्रले सहयोग नगरेपछि आफू निशाश बनेको गुनासो सुशीलले गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments