एजेन्सी । रुस, उत्तर कोरिया र इरानमाथि नाकाबन्दी गर्ने सम्बन्धमा अमेरिकी संसदमा मंगलबार राती मतदान हुँदैछ । इरान र उत्तर कोरियामाथि यसअघि पनि नाकाबन्दी जारी नै छ । तर त्यसमा पनि थप नाकाबन्दीका लागि अमेरिकी संसदमा विधेयक लगिने भएको हो ।

त्यसैगरी रुसका बिरुद्धमा पनि यसअघि नै पूर्व राष्ट्रपति बाराक ओबामाको प्रशासनले केही क्षेत्रमा नाकाबन्दी लगाएको थियो । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि पनि त्यसलाई खारेज गर्न सकेका छैनन् ।

यो पछिल्लो विधेयक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिकारहरु कटौतिका लागि लक्षित गरेर आएको हो । यस विषयमा गएको दुई हप्तादेखि अमेरिकी संसदमा व्यापक बहस भइरहेको छ । उत्तर कोरिया र इरानका लागि गरिएको यो नयाँ नाकाबन्दी खासगरी पछिल्लो समयमा उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणको विरुद्धमा छ ।

साथै रुसका लागि लक्षित नाकाबन्दी उनले रुसका पक्षमा गर्नसक्ने कुनै पनि निर्णयको अधिकार कटौतीका लागि ल्याइएको हो । यस विधेयकमा राष्ट्रपति ट्रम्पले पनि प्रारम्भिक रुपमा सहमति जनाएका छन् । उनले यस विषयमा आफू सहमत भएको कुरा प्रारम्भिक रुपमा भने पनि यसको मतदानको प्रक्रियासम्म रिपब्लिकन र डेमोक्र्याटको सहमतिको आधार के हुन्छ भन्ने बारेमा केही खुलेको छैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments