काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवास पे्रसप्रति अनुदार बन्दै गएको छ । कहिले पत्रकारलार्य ‘ड्रेस कोड’को नीति ल्याएर त कहिले सार्वजनिक कार्यक्रममा प्रवेश नै रोकेर शीतल निवास विवादमा पर्दै आएको छ ।

मुलुकको सम्मानित निकायमा आबद्ध अधिकारीहरुको अपरिपक्व निर्णयले राष्ट्रपतिलाई नै अनावश्यक विवादमा तानेको विज्ञहरुले बताएका छन् । शीतल निवासले एक वर्षदेखि नै मन्त्रीहरुको शपथलगायत कुनै पनि सार्वजनिक कार्यक्रमहरुको समाचार संकलन र तस्बिर लिन निजी सञ्चार माध्यमलाई रोक्दै आएको छ ।

‘निजी सञ्चार माध्यमका प्रनिनिधि निषेध गरेको एक वर्ष भइसक्यो’, वरिष्ठ फोटो पत्रकार गोपाल त्रिकारले मंगलबार भने,‘राष्ट्रपति कार्यालयमा मिडिया बुझेका र संयोजन गर्न सक्ने अधिकारी नै देखिएनन् । पटकपटक प्रसलाई दुःख दिने काम भएको छ ।’

प्रधानमन्त्रीको शपथमा मात्र शीतल निवासले निजी सञ्चारमाध्यमका प्रतिनिधिलाई बोलाउने गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments